Monday, 18 December 2017 03:23 am, Nepal

मौन अबधीमा आचारसंहिता नमान्दा चितवनमा राप्रपा नेता पक्राउ

मेचीकाली : 2017-12-06 10:58:42


गैडाकोट, २० मंसिर :

मौन अवधीमा निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै राप्रपा संस्थापनका जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर ११ वरपिपल चोकमा राप्रपा संस्थापनका सिताराम छतकुलीको घरमा करिव २५ ÷३० जनाको महिला भेला गरेको सुचना को आधारमा प्रहरी त्यहां पुगेको अस्थाई प्रहरी चौकी भोजाडका इन्चार्ज उपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

त्यहां पुग्दा राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे भने आफ्नो गाडीमा भागेपछि भरतपुर १० सिनर्जी चोकसम्म पिछा गरेर पक्रन सफल भएको प्रहरीले बताएको छ । अहिले राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे, भरतपुर ११ का राप्रपा वडा अध्यक्ष जगदिश अधिकारी थप अनुषन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हुनुहुन्छ ।  आचारसंहता विपरित भेला गराएर अविर,टिका खादा लगाइरहेको अवस्थामा उनीहरुलाई फेला पारेको प्रहरीले बताएको छ । मौन अवधीमा निर्वाचन आचारसंहिता अन्र्तगत भेला गर्न, सभा गर्न,पार्टी प्रवेश तथा अविर टिका लगाएर मतदाता प्रभावित गर्न नपाइने निर्वाचन आयोगले उल्लेख गरेको  छ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु