Monday, 18 December 2017 03:24 am, Nepal

हिमालपारीको जिल्ला मनाङमा हिमपात

मेचीकाली : 2017-12-06 10:59:17


मनाङ, २० मंसिर :

हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । हिजोबिहान देखि परेको हिमपात अझै रोकीएको छैन । हिमपातका कारण स्थानीयको जनजीवन भने सामन्य रहेको छ । जिल्लाका माथिल्ला भेगहरुमा अत्याधिक जाडो बढेको छ । माथिल्लो मनाङमा पर्ने नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातले पर्यटक आवागमन तथा सवारी आवागनमा प्रभावित बनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलासबाबु तिवारीले बस्तीमै आउने गरी पहिलोपटक हिमपात भएको बताउनुभयो । उहाँले २÷३ इन्च हिउँ जमेको बताउनुभयो । उहाँले भन्नुभयो मंगलबार बिहानदेखि परेको हिउँ बुधबार बिहानसम्म रोकीएको छैन । हिमपातपछि माथिल्लो मनाङ क्षेत्रको मोवाइल नेटवर्कमा समस्या आएको छ । मनाङको चामेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने मनाङ, भ्राका, टंकी लगायत गाउँका बस्तीमै हिउँ परेको स्थानीयले बताएका छन् । माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा चिसो बढेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने चामेमै हिउँ नपरेको तर, चिसो भने अत्याधिक बढेको बताउनुभयो । पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष समेत रहेका स्थानीय विनोद गुरुङले सुख्खा भइरहेको जमीनमा हिउँले सिञ्चित गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु