Monday, 18 December 2017 03:24 am, Nepal

पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु

मेचीकाली : 2017-12-07 17:48:47


काठमाडौँ, २१ मंसिर :

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा ६ हजार ७१४ मत खसेको थियो । त्यसैगरी, कूल पाँच हजार ८८१ मतदाता रहेको मनाङ्गमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए । बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो । करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु