Monday, 16 July 2018 12:50 pm, Nepal

‘न्याय’ माग्ने सर्वसाधारणमाथि प्रहरीको लाठी

मेचीकाली : 2018-01-02 19:09:49


सञ्जय न्यौपाने
काभ्रे, १८ पुस :

स्थानिय र प्रहरीबीचको झडपका कारण आज बिहानभर पात्लेखेत तनाबग्रस्त रह्यो । धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा बसको ठक्करबाट घाइते भएकी नमोवुद्ध नगरपालिका १ की फुलमाया तामाडको मृत्यु भएपछि चालकलाई कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै  स्थानियले आज बिहानैदेखि राजमार्ग अबरुद्ध पारेका थिए । गत आइतबार काठमाण्डौंबाट सोलुखुम्बु जाँदै गरेको बा ३ ख ५९५५ नम्बरको माथिल्लो सगरमाथा यातायातको बसले ठककर दिएपछि गम्भिर घाइते भएकि फुलमाया तामाडको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो ।

 जिल्ला प्रशाशन कार्यालय काभ्रेमा क्षतिपुर्तिको बिषयमा हिजो पिडित  पक्ष र बस ब्यबसायीबीच वार्तासमेत भएको थियो । तर, उक्त वार्तामा कुनै सहमति हुन नसकेपछि स्थानीयबासी सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए । 

1

स्थानियले गरेको शाान्तिपूर्ण प्रर्दशनमा प्रहरीले बल प्रयोग गरि राजमार्ग खुलाउने प्रयास गरेपछि स्थानिय आक्रोशित भएका थिए । सोहि क्र्रममा स्थानिय र प्रहरीबिच झडप भएको थियो । झडपको क्रममा  स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठी चार्जका साथै ६ सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । प्रहरीले  सडक आसपासका घर टहरामा पसेर कुटपिट गरेको स्थानियले आरोप लगाएका छन । झडपको क्रममा स्थानीय पोते तामाङ, सुर्य तामाङ, श्रीदास तामाङ र दिपेन्द्र खनाल घाइते भएका छन् ।

 आज भएको छलफलमा प्रशासनले बस ब्यवसायीसँग एकपक्षिय रुपमा वार्ता गरेको र पिडित पक्षलाई बेवास्ता गरेको पिडित पक्षले बताएका छन् । यसबारेमा काभ्रेका प्रहरी प्रमुख एस पि सहकुल बहादुर थापालाई सोध्दा उनले यो आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै समस्या समाधान गर्न आलटाल गरेको  स्थानिय राजनीतिक दलका प्रतिनिधि केशब बडालले  जानकारी दिए । । यो समाचार तयार पार्दासम्म बस ब्यवसायी र पिडित पक्षबीच कुनै सहमति हुन सकेको छैन । पिडित पक्षले भने तत्काल चालकलाई कारबाहि र पिडित पक्षलाई उचित क्षतिपुर्तिको माग गर्दै पुरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

2

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु