Saturday, 20 January 2018 09:07 am, Nepal

प्रदेश राजधानी माग्दै बनेपामा प्रदर्शन

मेचीकाली : 2018-01-06 16:38:47


काभ्रे, २२ पुस :

सरकारले प्रदेश स्तरको अस्थायी राजधानी घोषणा गर्न नसकिरहेका बेला उपत्यकासँग जोडिएको काभ्रेलाई राजधानी बनाउन माग गर्दै आज बनेपामा प्रदर्शन गरिएको छ । सरकारलाई दबाब दिने उदेश्यले काभ्रे उद्योगा बाणिज्य संघ लगायतका २० भन्दा धेरै संघ संस्था, राजनीतिक दल, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको उपस्थितीमा बनेपाको चोकबाट दबाबमुलक प्रदर्शन गरिएको हो ।

अरनिको राजमार्गको बनेपा चारदोबाटो चोकबाट शुरु भएको ¥याली पुलबजार पुगि पुनः चारदाबोटो आई कोण सभामा परिणत भएको थियो । ¥याली पछि आयोजित कोणसभामा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले निरन्तर दबाब मुलक कार्यक्रम आयोजना गर्ने बताएका थिए । यस अघि प्रदेश स्तरको राजधानी काभ्रेपलाञ्चोक जिल्लामा तोक्न सरकारलाई दबाब दिने उदेश्यले जिल्लामा रहेका विभिन्न संघ संगठन, राजनीतिक दल, सांसदहरुले आज बनेपामा बृहत्त जनदवाव दिने उदेश्यले संयुक्त सभा गर्ने घोषणा गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु