dashain
Thursday, 18 October 2018 07:35 am, Nepal

डा केसी सर्वोच्च अदालतमा उपस्थित

मेचीकाली : 2018-01-09 10:50:14


केसीको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौँ, २५ पुस :

वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित हुनुभएको छ । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो । डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गर्नुभएको थियो ।

अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

। यसैबीच डाक्टर केसीको रिहाईको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ । बिहान आठ बजेपछि केसीका समर्थकहरु माइतीघर मण्डलामा उपस्थित भएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले डाक्टर केसीको विनाशर्त रिहाईको माग गरेका छन् । डाक्टर केसीको पक्राउको चौतर्फीरुपमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु