dashain
Thursday, 18 October 2018 06:08 am, Nepal

उत्तर कोरिया शीतकालीन ओलम्पिक खेलमा सहभागी हुने

एजेन्सी : 2018-01-09 16:53:34


सोल, २५ पुस :

उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ । दुई कोरियाबीच मङ्गलबार दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो । उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएको हो ।

सो खेलकूदमा उत्तर कोरियाले पठाउने भनिएको उक्त टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाको वार्ता टोलीका एकजना सदस्यले सोलमा जानकारी दिएका छन् ।उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूबीच सन् २०१५ पछि अर्थात दुई वर्षयता पहिलोपटक वार्ता भएपछि यो घोषणा भएको हो ।

मङ्गलबार भएको उनीहरूको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको बताइएको छ ।उनीहरूको छलफल दक्षिण कोरियामा हुने भनिएको उक्त शीतकालीन ओलिम्पिकमा उत्तर कोरियाका खेलाडीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे बढी मात्रामा केन्द्रित भएको थियो ।

यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको दुई कोरियाली सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा भएको हो ।यस बैठकको निष्कर्षका बारेमा केही बताइएको छैन । तर उत्तर कोरियाले भने सो खेलकूदमा सहभागी हुने जानकारी सुरुमै गराएकोले वार्ताको वातावरण राम्रो बनेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु