dashain
Thursday, 18 October 2018 07:31 am, Nepal

किसान उखुखेतीतर्फ आकर्षित

मेचीकाली : 2018-01-10 18:43:22


भीमदत्तनगर, २६ पुस : 

कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ । जिल्लाको  दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हँुदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान अन्य खेती लगाउन छोडेर उखुखेती गरिरहेका छन् ।नौ वर्षदेखि उखु खेती गर्दै आएका बेल्डाँडी गाउँपालिकाका मानबहादुर चौधरीले अन्य बालीनाली भन्दा उखुबाट पर्याप्त आम्दानी गर्न सकेको  बताउनुभयो ।

    “उखुखेती एक पटक र धान, गहुँ खेती पाँच पटक गर्नु एउटै हो”, उहाँले भन्नुभयो, “नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ ।” केही वर्षयता आफ्नै घरमा समेत गुड उत्पादन गरिरहेका चौधरी दैनिक तीन क्विन्टलसम्म गुड उत्पादन गर्दै आएको बताउनुभयो । गुड प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । उहाँले १० बिगाहमा उखुखेती गर्नुभएको छ । उखुखेतीबाट ६ महिनामा रु २०  लाखदेखि रु २४ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन् ।  जिल्ला कृषि विकास कार्यालयका प्रमुख देवीदत्त कलौनीले पछिल्लो समय जिल्लामा उखुखेती फस्टाएको बताउनुभयो । उहाँले उखुखेतीतर्फ किसान आकर्षित भइरहेको बताउनुभयो ।     “कञ्चनपुरमा सात प्रतिशतले उखुखेती बढेको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा चिनी मिल सञ्चालनमा आएपछि किसान थप उत्साहित भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु