dashain
Thursday, 18 October 2018 06:11 am, Nepal

मन्त्रिपरिषदको बैठक आज बस्दै

मेचीकाली : 2018-01-12 10:36:50


काठमाडौं, २८ पुस :

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । आजको बैठकले कर्मचारीको स्वेच्छिक अवकाशका विषयमा निर्णय गर्नेछ । कर्मचारीलाई लक्षित गरी आज राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरिएको बताइएको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले आज मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने जानकारी दिनुभयो । सरकारले निजामती सेवामा २० वर्ष सेवा अवधि पूरा गरेका र ५० वर्ष उमेर पूरा गरेका कर्मचारीलाई त्यस्तो सुविधा दिन लागेको हो । आजको मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुखको नियुक्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु