dashain
Thursday, 18 October 2018 06:31 am, Nepal

एमाले–माओवादी कार्यदल सक्रिय

मेचीकाली : 2018-01-12 16:04:06


सिट भागवण्डा टुंग्याउने पहल
काठमाडौं, २८ पुस :

राष्ट्रियसभा निर्वाचन, सरकार गठन लगायत बिषयमा साझा धारणा बनाउन वाम गठबन्धनको कार्यदल सक्रिय भएको छ । सिंहदरबारमा आज बसेको कार्यदल बैठकले प्राथमिकताका आधारमा काम गर्दै अघि बढ्ने निर्णय गरेको हो । राष्ट्रिय सभाका लागि साझा उम्मेदवार चयन, प्रदेश सरकार गठन लगायत बिषयमा साझा धारणा बनाउने जिम्मा पाएको कार्यदलले प्राथमिकताका आधारमा प्रतिवेदन तयार बनाएर एकता संयोजन समितिलाई बुझाउँदै अघि बढ्ने निर्णय गरेको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

 निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाले सो निर्वाचनका लागि उम्मेदवार चयन पहिलो प्राथमिकतामा राखिएको नेम्वाङको भनाई छ । उहाँले आवश्यक्ता अनुसार २४ सै घण्टा खटेर भएपनि कार्यदलले कार्यादेश पूरा गर्ने बताउनुभयो । वामगठवन्धनको एकता संयोजन समितिले राष्ट्रिय सभाका लागि साझा उम्मेदवार चयन, प्रदेश सरकार गठन, मुकाम तोक्ने विषयमा साझा धारणा बनाउने कार्यादेश सहित दुबै पार्टीबाट ३/३ सदस्य रहेको कार्यदल बनाएको थियो । कार्यदलले सहमति जुटाएका बिषयमा प्रतिवेदन सहित एकता संयोजन समितिमा बुझाउने छ । पार्टी एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको दाबी गर्दै आएको वामगठबन्धनले नयाँ सरकार गठनअघि नै पार्टी एकता प्रक्रियालाई पनि टुंगोमा पुर्‍याउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु