Tuesday, 20 February 2018 03:17 am, Nepal

फुक्यो राजनीतिक गाँठो

मेचीकाली : 2018-01-18 08:49:04


अब प्रदेश सरकार गठन र राष्ट्रिय सभाको चुनाव सुनिश्चित
काठमाडौं, ४ माघ :

सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेपछि लामो समयदेखिको राजनीतिक गतिरोधको गाँठो फुकेको छ । प्रदेश प्रमुख नियुक्तिपछि निर्वाचन आयोगले पनि प्रदेशसभा समानुपातिकमा विजयी सांसदको नाम घोषणा गरेको छ । यससँगै प्रदेशसभा, प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनको गाँठो फुकेको हो । प्रदेशसभा समानुपातिकका लागि दलहरूले बन्द सूचीमा पेस गरेका उम्मेदवारलाई आयोगले निर्वाचित भएको घोषणा गरेको छ  ।

प्रदेश प्रमुख नतोकिएकै कारण लामो समयदेखि आयोगले घोषणा गर्न नसकी रोकेर राखेको थियो । प्रदेशसभा समानुपातिकमा सातवटै प्रदेशमा गरी २ सय २० सांसद निर्वाचित भएका छन् । निर्वाचन परिणाम घोषणाको सात दिनभित्र प्रदेश प्रमुखलाई परिणाम बुझाउनुपर्ने संवैधानिक बाध्यता छ । तर प्रदेश प्रमुखको टुंगो नलागेकाले प्राविधिक काम सके पनि आयोगले परिणाम घोषणा गर्न पाएको थिएन । ायोग प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचितको नाम प्रदेश प्रमुखसमक्ष पठाउने, प्रमाणपत्र दिने र सम्बन्धित दललाई जानकारी गराएर आयोगले नामावली राजपत्रमा प्रकाशित गराउनेछ ।

निर्वाचित सांसदलाई शुक्रबार आयोग कार्यालयमा प्रमाणपत्र दिने कार्यक्रम रहेको छ । प्रदेश प्रमुखले शपथ लिएलगत्तै आयोगले निर्वाचितको नामावली बुझाउने तयारी गरेको छ । त्यसपछि आयोगले माघ ७ गते राष्ट्रिय सभाको चुनावका लागि मतदाता नमावली प्रकाशन गर्नेछ । राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सांसदहरू पनि मतदाता हुने संवैधानिक व्यववस्था रहेको छ । आयोगको कार्यतालिकाअनुसार माघ १० गते राष्ट्रिय सभाको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ भने चुनाव २४ गते हुनेछ  । अब प्रदेशसभा पहिलो अधिवेशन २० दिनभित्र हुनेछ भने मुख्यमन्त्री र प्रदेश सरकार गठन ३० दिनभित्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु