Tuesday, 20 February 2018 03:21 am, Nepal

पनौतीका सम्पदाको संरक्षण शुरु

मेचीकाली : 2018-01-28 12:41:02


बनेपा, १४ माघ (रासस) :

काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ । पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो ।

ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सुदीप न्यौपानेले जानकारी दिनुभयो । उहाँले पदयात्रामा संलग्न सहभागीसँग रु ३०० संकलन हुने र त्यसबाट सहभागीलाई खाना, नास्ता व्यवस्थापन गरिने जानकारी दिनुभयो । पनौती –४ स्थित पशुपति मन्दिर परिसरबाट शुरु भएको पदयात्रा गणेशस्थान मन्दिर परिसरमा समापन हुने छ ।

पदयात्राका क्रममा योमरी स्तम्भ, गुप्तेश्वर मन्दिर, पनौती लायकू दरबार, त्रिवेणीघाट, फड्केश्वर मन्दिर, द्रौपदी मन्दिर, विष्णु मन्दिर, शान्ति संग्रहालय, ज्ञान विकास सामुदायिक पुस्तकालय र पनौती संग्रहालयसमेत अवलोकन हुने बताइएको छ ।

पनौती शहरका विभिन्न स्थानबाट परम्परागत र लोपोन्मुख बाजागाजासहित शुरु हुने पदयात्राका सहभागीलाई खाजाका लागि योमरीको उद्गमस्थल मानिएको पनौतीमा योमरी र समयबजीको व्यवस्था गरिने आयोजकले जनाएको छ । कार्यक्रममा तस्वीर प्रदर्शनी र सांस्कृतिक झाँकीसमेत प्रस्तुत हुने बताइएको छ ।

–––

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु