Monday, 20 August 2018 12:23 pm, Nepal

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

मेचीकाली : 2018-02-01 08:27:08


–ओली र मोदीको भ्रमण टुंगो लाग्ने
काठमाडौं, १८ माघ :

नेपालमा नयाँ सकार गठनको तयारी भइरहेका बेला भारतीय विदेशमन्त्री सुस्मा स्वराज दुई दिन भ्रमणका लागि आज काठमाडौं आउँदैछिन् । स्वराज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । नेपालको संविधानप्रति भारतले पहिलेदेखि नै असन्तुष्टि व्यक्त गरिरहे पनि निर्वाचन सम्पन्न भएर वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि यो भ्रमण हुन लागेको हो ।

भ्रमण अचानक भए पनि भारतीय पक्ष पूर्ण तयारी र स्पष्ट एजेन्डासहित आउनेमा दुईमत नभएको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । निर्वाचन सम्पन्न भए पनि नयाँँ सरकार गठन केही सातापछि मात्र हुनेछ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष चासो रहेकै कारण स्वराज काठमाडौं ओर्लन लागेकी हुन् । मोदीले अन्य नेतालाई निर्वाचनपछि एक पटक फोन संवाद गरे पनि ओलीसँग दुई पटक संवाद गर्दै गत साताको संवादमा भ्रमणबारे जानकारी दिएको एमालेले नै जनाएको छ । विशेष विमानबाट बिहीबार साढे ३ बजे काठमाडौं उत्रने स्वराज शुक्रबार ४ बजे दिल्ली फर्कने अनौपचारिक कार्यतालिका रहेको भारतीय दूतावासका अधिकारीले बताएका छन् ।

काठमाडौं उत्रिएलगत्तै उनले आजै एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेस केन्द्रित दुई दलका नेताहरूसँग संयुक्त र छुट्टाछुट्टै भेटघाट गर्नेछिन् । उनको सम्मानमा एमालेले आजै रात्रिभोज राखेको छ । शुक्रबार उनले पशुपतिनाथको दर्शन पनि गर्नेछिन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शुक्रबार बेग्लाबेग्लै भेटवार्ता गर्ने तय भएको छ । राजनीतिक भेटघाट हुने भएकाले स्वराजको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यो भ्रमणलाई मोदीको आगामी नेपाल भ्रमणसँग पनि जोडेर हेरिएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु