Tuesday, 20 February 2018 03:33 am, Nepal

काभ्रेको डाँडापारि पुगेर प्रचण्डले भने, ‘काभ्रेलाई प्रदेश राजधानी बनाउन पहल गर्छु’

मेचीकाली : 2018-02-01 17:33:25


काभ्रे, १८ माघ :

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश नम्बर तीनको राजधानी काभ्रेमा ल्याउन आफुले सक्दो पहल गर्ने बताएका छन् । साथै, उनले बाम गठबन्धनको नया सरकार बनेलगत्तै काभ्रेको विकट क्षेत्र डाडापारी स्थित महाभारत र खानीखोला गाउपालिकामा विकासका सबै पुर्वाधार पु¥याउने पनि बताए ।

आज काभ्रेको महाभारत गाउँपालिकास्थित बनखुमा भएको कार्यक्रममा संवोधन गर्दै उनले छिट्टै बाम गठबन्धनको जनवादी सरकार गठन हुने पनि सो कार्यक्रममा बताए । कार्यक्रममा महाभारत गाउपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विकट क्षेत्र डाडापारिको विकासको लागि माओबादी अध्यक्ष प्रचण्डलाई चौधवुदे मागपत्र पेश गरेका थिए । गाउँपालिका अध्यक्ष जिम्बाको माग बमोजिम अध्यक्ष प्रचण्डले नया सरकार गठन लगत्तै काभ्रेको खानीखोला र महाभारत गाउपालिकालाई तत्काल विषेश क्षेत्र घोषणा गरिने पनि बताए ।

केन्द्रिय राजधानीसंग जोडिएको जिल्लामा पनि सडक सञ्जाल नपुगेको बारे अध्यक्ष प्रचण्डले अचम्म मान्दै त्यहाँ सडक पु¥याउने व्यवस्था तत्काल मिलाउने बताए । जिल्ला सदरमुकाम बाट यहा सम्म सडक विस्तार गर्न १० किलोमिटर ट्रयाक खोल्न बाँकी छ । काभ्रेको विकट मानिएको डाडापारि क्षेत्रमा ललितपुर, सिन्धुली र मकानपुर बाट आउने ६ वटा सडकको लागि पनि बजेट व्यवस्था गरिदिन गाउपालिका अध्यक्ष जिम्बाले राखेको मागलाई पनि प्रचण्डले तत्काल संवोधन गर्ने बचन दिएका थिए । यस्तै इलाका प्रशासन कार्यालय डाडापारिको बनखुमा राख्ने बारेमा पनि माओबादी अध्यक्ष प्रचण्डले आज नै प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । तीन वर्ष अघि साविक घर्तिछाप गाविसमा इलाका प्रशासन कार्यालय खोल्ने निर्णय भई र कर्मचारी र वजेटको पनि व्यवस्था भएको थियो । डाडापारि क्षेत्रमा स्थानिय खोलाबाट विद्युत उत्पादन, कफि र जडिबुटी प्रशोधन केन्द्र स्थापनाका साथै क्याम्पस खोल्ने कुरामा पनि अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन लगत्तै सबै काम अघि बढाउने बताए । कार्यक्रममा जिल्लाबाट निर्वाचित सांसदहरु, गोकुल बास्कोटा, गंगावहादुर दोङ बमध्वज, गोमा भुर्तेल रत्न ढकाल, चन्द्रलामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईका साथै नुवकोटका सांसद हितवहादुर तामाङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु