Thursday, 24 May 2018 09:46 am, Nepal

काभ्रेमा अझै सुस्त पुननिर्माण

मेचीकाली : 2018-02-04 09:46:19


काभ्रे, २१ माघ :

भुकम्प गएको ३३ महिना हुँदा समेत काभ्रेका नीजि आवास पुनःनिर्माणको कामले गति लिन सकेको छैन । भुकम्प गएको ३३ महिना बित्न लाग्दा अपेक्षा अनुसार जिल्लामा पुनःनिर्माणको काम हुन सकेको छैन । सरकारले भुकम्प गएको ५ वर्षमा पुनःनिर्माणको सम्पूर्ण कामहरु सक्ने लक्ष्य लिएपनि यहि गतिमा पुनःनिर्माणको काम अघि बढे सरकारले आफ्नो लक्ष्य पुरा गर्न नसक्ने देखिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन ईकाइ काभ्रेका अनुसार माघ १७ गतेसम्म जिल्लामा ४ हजार २ सय ७ नीजि आवास मात्रै पुनःनिर्माण भएको छ । २०७२ बैशाख महिनामा गएको विनाशकारी भुकम्पबाट काभ्रेमा ६७ हजार ७ सय ३१ लाभग्राहीका घरहरुमा क्षति पुगेको थियो । सरकारले पुनःनिर्माणको काम छिट्टै सक्ने लक्ष्य लिएपनि भुकम्प पिडितहरुलाई समयमा नै उपलब्ध गराउने भनेको सहयोग रकम उपलब्ध नगराएका कारण पनि पुनःनिर्माणको कामले गति लिन नसकेको भुकम्प पिडितहरुको गुनासो छ ।

६७ हजार ७ सय ३१ लाभग्राहीहरु मध्ये हालसम्म तेस्रो किस्ताको रकम ३ हजार २५ परिवारले मात्रै पाएका छन् । जसमा २ हजार ६ सय १० घरपरिवारलाई नेपाल सरकार र ४ सय १५ घर परिवारलाई विभिन्न अन्र्तराष्ट्रिय गैह्र सरकारी संस्थाले सहयोग उपलब्ध गराएका हुन् । काभ्रेमा हालसम्म ६५ हजार ७ सय ७३ घरपरिवारले सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको रकम लिएका छन् भने ११ हजार ५ सय ७३ घरपरिवारले मात्रै दोस्रो किस्ताको रकम पाएका छन् ।

सरकारले पुनःनिर्माणको कामलाई तिव्रता दिने आश्वसन दिएपनि गाउँघरमा रहेका युवा पुस्ता रोजगारीको सिलसिलामा गाउँमा नभएको र गाउँमा अधिकाँश बृद्धबृद्धा तथा बालबालिका, एकल महिला मात्रै बसोबास गर्ने भएकोले पनि पुनःनिर्माणको कामले समयमा नै गति लिन नसकेको हो । पुनःनिर्माणको काम अघि बढाउन गाउँघर, शहरमा पर्याप्त मात्रामा दक्ष जनशक्ति नहुनु, समयमा नै निर्माण सामाग्रीहरु सहज रुपमा प्राप्त नगर्नु तथा भुकम्प पिडितहरुको आर्थिक अवस्था कमजोर भएका कारणले पनि घु पुनःनिर्माण हुन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय इकाइ काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु