Tuesday, 20 February 2018 03:12 am, Nepal

सुकिलुम्बा विमानस्थलमा चैतसम्ममा परीक्षण उडान

मेचीकाली : 2018-02-08 13:01:43


इलाम, २५ माघ :

इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो ।सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सबग्रेड कार्य भइरहेको भन्दै उहाँले लेभल परीक्षण गरेपछि चैत महिना सम्ममा परीक्षण उडान गरिने जानकारी दिनुभयो ।

विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भइरहेको धावनमार्गमा उडान परीक्षण गरिने भएको हो । उहाँले भन्नुभयो, “विमान उड्नका लागि ९० प्रतिशत काम सम्पन्न भइसक्यो, पिच गर्ने र अन्य धेरै काम भने बाँकी नै छन् ।”सातसय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग यो वर्ष रु एक करोड १५ लाखमा ठेक्का लागेको थियो । माईखोलासम्म नै ढल व्यवस्थापन कार्य रु आठ करोडमा भइरहेको उहाँले बताउनुभयो । माईखोलादेखि पहिरोको जोखिम कम गर्न आठओटा क्यास्केड र व्यवस्थित नाली निर्माण भइरहेको छ । नाली बनाउन ठेक्काको म्याद साउनसम्म भएपनि जोखिम रहेको स्थानमा जेठ सम्ममा काम अगाडि बढाइने बताइएको छ ।

यसअघि शुरुमा रु सात करोड लागतमा धावनमार्ग विस्तार कार्य सम्पन्न भएको थियो भने ढल व्यवस्थापन र पहूँच मार्गको काम पनि भएको थियो । यो वर्ष परीक्षण उडानपछि धावनमार्ग र टर्मिनल भवन निर्माण थालिने इन्जिनियर न्यौपानेले जानकारी दिनुभयो ।

टर्मिनल भवनका लागि डिजाइन शुरु गरिएको जनाइएको छ । उहाँका अनुसार धावनमार्ग कालोपत्र गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइनेछ । तीन सय २५ रोपनी क्षेत्रमा फैलिएको विमानस्थल निर्माणका लागि स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण कार्य भएको थियो । यो विमानस्थल निर्माण भएपश्चात् इलाम आसपासका सुदूर पूर्वी पहाडी भेगका स्थानीयलाई सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु