Tuesday, 20 February 2018 03:11 am, Nepal

ट्रम्पद्वारा खर्चसम्बन्धी नयाँ पारित विधेयकमा हस्ताक्षर

एजेन्सी : 2018-02-10 08:44:42


वासिङटन, २७ माघ :

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चसम्बन्धी नयाँ पारित विधेयकमा हस्ताक्षर गरेर त्यसलाई कानुनी रुप दिनुभएको छ । विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेसँगै छोटो समयका लागि बन्द भएको अमेरिकी सरकारी कामकाज पुनः सञ्चालनमा आएको छ ।सिनेटले खर्च विधेयक पारित गर्नुपर्ने समयसीमा नाघेपछि अमेरिकामा यस वर्ष दोस्रो पटक सरकारी कामकाज ठप्प भएको थियो ।

 तर पछि सो विधेयक पारित भएको थियो । वैधानिक खर्च व्यवस्थाको अभावमा मध्यरातपछि केहि समयका लागि बन्द हुन पुगेको सरकारी कामकाज संचालन हुन सक्ने गरी राष्ट्रपति ट्रम्पले कंग्रेसबाट अनुमोदित विधेयकमा हस्ताक्षर गर्नुभएको हो । ६५० पृष्ठ लामो खर्च योजनामा प्रतिरक्षा र आन्तरिक सेवाहरुमा गरिने खर्चको सीमा बढाइएको छ । सरकार सञ्चालनका लागि आगामी दुई वर्षसम्म खर्चको व्यवस्था गर्ने उक्त विधेयक मध्य रातको समयसीमा अगाडी नै पारित हुनु अघि सिनेटरहरुले अन्तिम समयमा केही असहमतिहरुको सामना गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु