Saturday, 22 September 2018 04:31 pm, Nepal

शिक्षक संघ काभ्रेमा ३१ लाख हिनामिना

मेचीकाली : 2018-02-12 09:53:26


हिनामिना खुलासा भएपछि अधिवेशन नै स्थगित
काभ्रे, २९ माघ :

नेपाली कांग्रेसमा आवद्ध शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ काभ्रेमा लाखौं रुपैयाँ हिनामिना भएको खुलासा भएको छ । आर्थिक हिनामिना प्रकरण सार्वजनिक भएसँगै संघको अधिवेशनसमेत स्थगित भएको छ  । शिक्षक संघ काभ्रेको अधिवेशन माघ २६ गते सुरु भएको थियो । तर, २७ गते वन्द सत्रमा करिब ३१ लाख हिनामिना भएको प्रमाण पेश भएपछि फागुन ५ गतेसम्मका लागि अधिवेशन नै रोकिएको छ ।

२७ गतेको बन्दसत्रमा सहभागी शिक्षकले कार्यसमितिले करिब ३१ लाख हिनामिना गरेको जनाउँदै बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमा आम्दानी उल्लेख नगरिएको जस्ता विषयबस्तु उठान भएपछि प्रतिवेदन समेत पास भएन । बन्दसत्रमा शिक्षकहरु नवराज सापकोटा, शम्भुलाल श्रेष्ठ लगायतले आर्थिक विषय पारदर्शी नभएको तथा प्रस्तुत प्रतिवेदन गलत भएको जनाएपछि कुनैपनि शिक्षकले तालि बजाएनन् । शिक्षकहरुले विशिष्ट सदस्य, कर्मठ सदस्य र साधारण सदस्यबाट उठाइएको नविकरण तथा अन्य रकम, जिल्ला शिक्षा कार्यालयबाट आएको अनुदानलगायतका आम्दानीका स्रोतहरु प्रतिवेदनमा उल्लेख नगरिएको आरोप लगाएका छन् ।

३ बर्षे कार्यकाल ३ पटकसम्म विताएका संघका अध्यक्ष आश्विनप्रसाद चौलागाईले ३ बर्षसम्मकै विविध सदस्यहरुबाट उठाइएको करिब २१ लाख रकम, निर्वाचनमा खटिएका २०० शिक्षकबाट आएको करिब ६० हजार, जिल्ला शिक्षा कार्यालयबाट प्रत्येक बर्ष आउने ५० हजार अनुदान हिनामिना गरेको आरोप लगाएका छन् । एक शिक्षकले भने ‘अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा ती कुनैपनि आम्दानी उल्लेख छैन र बैकमा समेत जम्मा भएको देखिँदैन ।’

शिक्षकहरुले बैंकको स्टेटमेन्ट देखाएर बन्दसत्रमै हंगामा मच्चाएपछि आयोजकले बन्दसत्र तितरवितर बनाई निर्वाचन समितिको ढिलाई जस्ता कारण देखाउँदै आगामी फागुन ५ गतेसम्मलाई निर्वाचन स्थगित गरेको छ ।

संघका जिल्ला अध्यक्ष चौलागाईले आर्थिक विषयमा कुनै प्रकारको लफडा नभएको निर्वाचन समितिको कारणले निर्वाचन सारिएको बताए । उनले निर्वाचन समितिको के कारणले निर्वाचन सार्नुपरेको बताएनन् । प्रतिवेदनमा अनावश्यक खर्च देखाएको, आम्दानी नदेखाई सापटी सोधभर्ना गरिएको जस्ता आरोप शिक्षकहरुको छ । एक शिक्षकले भने ‘लाखौँ आम्दानी हुँदा पनि करिब ३७ सय २१ रुपैँया मात्रै बैंकमा हुन लज्जास्पद विषय हो ।’ असन्तुष्ट शिक्षकहरु वर्तनमान कार्यसमितिविरुद्ध  तथा अडिट फर्म विरुद्ध मुद्धामा जाने तयारीमा छन् । संघमा १६२९ जना शिक्षक आबद्ध छन्  ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु