Thursday, 24 May 2018 09:46 am, Nepal

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे

मेचीकाली : 2018-02-14 16:18:00


 काठमाडौँ, २ फागुन :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हाल्नु भएको छ । घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँ विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त हुनुभएको थियो । विसं २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनुभएका दीप बस्न्यात उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु