Thursday, 21 June 2018 08:32 am, Nepal

फोरमलाई सहमतिमा ल्याउने प्रयास फेरि विफल

मेचीकाली : 2018-03-01 11:38:01


मन्त्रालय भागवण्डामा कुरा मिलेन
काठमाडौं, १७ फागुन :

एमाले–माओवादीको बाम गठवन्धन र संघीय समाजवादी फोरमबीचको सहमतिको प्रयास आज पनि विफल बनेको छ । बाम गठवन्धन र संघीय समाजवादी फोरमबीच मन्त्रालयमा भागबण्डा नमिल्दा आज सहमति हुन नसकेको हो । आज बिहानैदेखि बालुवाटारमा चलेको वार्तामा फोरमले ३ मन्त्रालय माग गरेकोमा एमाल–माओवादीले २ मन्त्रालय मात्र दिने बताएपछि सहमति जुट्न नसकेको हो ।

सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको बामगठबन्धन लचिलो हुँदै २ मन्त्रालय दिन तयार भएको थियो । पटक पटक वार्ता भएपनि मन्त्रालय भागवण्डामा वामगठबन्धन र फोरमबीच कुरा मिल्न सकेको छैन । संविधान संशोधनमा तीन दलबीच लगभग सहमति भइसकेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै सीमांकन हेरफेरको मागबाट पछि हट्न फोरम लचक भइसकेपनि अहिले आएर मन्त्रालयको भागवण्डाले सहमति हुन नसकेको हो । सहमतिका लागि फेरि फोरमसँग वार्ता हुने बाम गठवन्धनका नेताहरुले बताएका छन् ।

फोरमलाई पनि सरकारमा ल्याएर दुई तिहाई बहुमतको सरकार चलाउने प्रधानमन्त्री केपी ओलीको योजना रहेको छ । लिखित राजनीतिक सहमतिपछि सरकारमा सहभागी हुन फोरम तयार देखिएकाले प्रधानमन्त्री केपी ओलीले सरकारलाई पूर्णता दिन ढिलाइ गरिरहेका छन् । यसअघि एमाले र माओवादी केन्द्रको सहभागितामा गत सोमबार नै १८ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी थियो । तर, फोरमसँग लिखित सहमति र मन्त्रालय बाँडफाँडका विषयमा तीन दिनदेखि लगातार द्विपक्षीय छलफल चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु