Thursday, 21 June 2018 08:32 am, Nepal

काभ्रेमा २७ प्रतिशतले मात्रै पाए तेस्रो किस्ता

मेचीकाली : 2018-03-07 08:15:53


काभ्रे, २३ फागुन :

काभ्रेमा हालसम्म २७ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम पाएका छन् । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिल्ला आयोजना कार्यान्वयन इकाइ काभ्रेका अनुसार दोस्रो किस्ता रकम लिएका १६ हजार २ सय ९५ भुकम्प पिडितमध्ये ४ हजार ४ सय ८० जना भुकम्प पिडितले तेस्रो किस्ताको रकम लिएका छन् ।

इकाइका अनुसार ३ हजार ९ सय ५४ भुकम्प पिडितले नेपाल सरकारले उपलब्ध गराएको र ५ सय २६ जनाले गैह्र सरकारी संस्थामार्फत उपलब्ध गराएको तेस्रो किस्ताको रकम लिएका छन् । कार्यालयका अनुसार हालसम्म तेस्रो किस्ताको रकम निकाशाका लागि ५ हजार २ सय ६८ लाभग्राहीले तेस्रो किस्ताको रकम निकाशाका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत निवेदन दिएका छन् । इकाइका अनुसार पहिलो किस्ता लिएका लाभग्राहीमध्ये हालसम्म २४ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् ।

पहिलो किस्ता लिएका ६६ हजार ७ सय ३९ लाभग्राहीमध्ये १६ हजार २ सय ९५ जनाले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । दोस्रो किस्ता रकम निकाशाका लागि २० हजार ७ सय ७१ भुकम्पपिडितले निवेदन दिएका छन् । इकाइका अनुसार १५ हजार १३ जनाले सरकारले उपलब्ध गराएको दोस्रो किस्ता र १ हजार २ सय ८२ जनाले विभिन्न गैह्र सरकारी संस्थाले उपलब्ध गराएको दोस्रो किस्ताको रकम लिएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइको तथ्याङक हेर्दा फागुन १५ गतेसम्म जिल्लामा ४ हजार ४ सय ८० वटा मात्रै घर निर्माण सम्पन्न भएको देखिन्छ । इकाईले घर सम्पन्न भईसकेका लाभग्राहीलाई मात्रै तेस्रो किस्ताको रकम निकाशा दिँदै आएको छ । इकाइले तथ्याङक अद्यावधिक गर्ने काम भईरहेको जनाउँदै अबको केहि दिनमा दोस्रो किस्ता र तेस्रो किस्ताको रकम लिने तथा घर निर्माण भएका संख्या बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु