Thursday, 21 June 2018 08:11 am, Nepal

९० प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट

मेचीकाली : 2018-03-11 13:10:45


काभ्रे, २७ फागुन :

काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । टिपरको ठक्करबाट मा मृत्यु हुने नौ जना रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । नब्बे प्रतिशत दुर्घटना चालकको लापरबाही र एकले अर्कालाई उछिन्दा हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताउनुभयो ।

“दुर्घटनाको न्यूनीकरण गर्न विद्यालयस्तरीय कार्यक्रम चलाए पनि प्रभावकारी भने बन्न सकेको छैन”, मल्लले भन्नुभयो । ती दुर्घटना ट्राफिक प्रहरी परिचालन गरिएका ठाउँ अरनिको राजमार्ग र बिपी राजमार्गमा भन्दा अन्य ग्रामीण क्षेत्रमा बढी भएको बताइएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ‘एक मिनेट चालकसँग र दुई मिनेट यात्रुसँग’ भन्ने अभियानसमेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु