Thursday, 21 June 2018 08:33 am, Nepal

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

मेचीकाली : 2018-03-11 18:45:35


-पक्षमा २०८, विपक्षमा ६०
काठमाडौं, २७ फागुन :

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई तिहाई भन्दा बढी सांसदको समर्थन पाएका छन् । आज संसद बैठकमार्फत दुई तिहाई भन्दा बढी सांसदले ओलीको पक्षमा विश्वासको मत दिएका हुन् । संसदको आजको बैठकमा २६८ जना सांसद रहेकोमा ओलीको पक्षमा २०८ मत परेको थियो भने उनको विपक्षमा ६० मत परेको छ ।  नेपाली कांग्रेसबाहेक संसदमा सहभागी सबै दलले ओलीको पक्षमा मत दिए । संसदमा सहभागी पाँच राष्ट्रिय दलमध्ये नेपाली कांग्रेसमात्रै ओलीको विपक्षमा रह्यो ।

यस्तै संसदमा स्वतन्त्र हैसियतमा रहेका नयाँ शक्तिका सांसद बाबुराम भट्टराई बैठकमै सहभागी भएनन् । ओलीलाई नेकपा एमाले, माओवादी केन्द्र, फोरम नेपाल र राजपा नेपालका सांसदले विश्वासको मत दिए । एक्लैको स्पष्ट बहुमत नरहेको र दुई वा दुईभन्दा बढी पार्टीको समर्थनमा निर्वाचित हुने प्रधानमन्त्रीले १ महिनाभित्र विश्वासका मत लिनु पर्ने व्यवस्था छ । यसअघि संसदको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने बताए ।

यस्तै उनलाई समर्थन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीविरुद्ध कडा रुपमा उत्रन आग्रह गरे । उनले अब भाषण नभई उक्सनमा उत्रिन ओलीलाई आह्वान गरे । बैठकमा कांग्रेस सांसद विजयकुमार गच्छदारले सरकारले गरेको कामको प्रतिपक्षमा बसेर निगरानी गर्ने बताएका थिए । बैठकमा राजपाका सांसद महेन्द्रराय यादवले संविधान संशोधन गर्ने प्रतिवद्धता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु