Saturday, 22 September 2018 04:55 pm, Nepal

राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै

मेचीकाली : 2018-03-12 10:59:38


उम्मेदवार छनोट गर्दै एमाले
काठमाडौं, २८ फागुन :

राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारमाथिको दाबीविरोध पछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

आउँदो ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदैछ । प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा संघीय कानुन बमोजिम प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको मत भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक जना दलित तथा एक जना अपांगता भएका वा अल्पसंख्यकसहित ८ जना गरी ५६ जना सांसद चुनिने संविधानको धारा ८६ मा व्यवस्था छ । ५९ सदस्यीय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा एक महिलासहित तीनजना मनोनित हुने व्यवस्था छ ।

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोट गर्दै एमाले

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका लागि नेकपा एमाले स्थायी समिति बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोट गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मतभारका आधारमा वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमा २९ सिट एमालेलाई र १४ सिट माओवादी केन्द्रलाई दिनेगरी सहमति बनिसकेको छ । बाँकी सिटमा भने भागबन्डा बाँकी नै छ ।   प्रमखु सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिनाको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु