Friday, 22 June 2018 06:55 am, Nepal

विमान दुर्घटना छानविन गर्न बनेको समितिले आजबाट काम थाल्ने

मेचीकाली : 2018-03-13 10:03:57


काठमाडौं, २९ फागुन :

हिजो भएको विमान दुर्घटनाबारे छानविन गर्न बनेको समितिले आजबाट काम थाल्ने भएको छ । आज मन्त्रिपरिषदको कार्यालयले आधिकारीक चिठी दिएपछि समितिले छानविन थाल्नेछ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिजो युएस–बांग्ला विमान दुर्घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको थियो ।

बैठकले युएस–बांग्ला एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ । त्यस समितिका सदस्यहरुमा नेपाली सेनाका प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन के.के शर्मा, क्याप्टेन सुनील प्रधान, इञ्जिनियर उद्धवप्रसाद सुवेदी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । हिजो भएको यूएस बंगलाको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु