Thursday, 21 June 2018 08:10 am, Nepal

घोडाघोडीका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार

मेचीकाली : 2018-03-13 10:04:52


कैलाली, २९ फागुन :

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ । सोमबार राती करिब सवा आठ बजे घरमै बसीरहेको बेला दुई मोटरसाईकलमा आएका चार जनाले चौधरीमाथि गोली प्रहार गरेका प्रहरीले जनाएको छ ।सुख्खड प्रहरी कार्यालयका अनुसार अज्ञात समुहले नगर प्रमुख चौधरीको कम्मर मुनि गोली र टाउँकोमा खुकुरी प्रहार गरेका थिए ।

 घोडाघोडी अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि उहाँलाई कोहलपुर अस्पतालमा रिफर गरिएको छ । चौधरीलाई आक्रमण गरेपछि दुईजना मोटरसाईकलमा र दुई जना नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका बताइएको छ । से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ । सो मोटरसाईकलमा आक्रमणकारी आएका थिए । चौधरीको घरभन्दा ३० मिटर दुरीमा रहेको छिमेकी रामबहादुर महराले आक्रमण हुन थालेपछि नगर प्रमुख चौधरीले बचाउ भनेको सुनेर घरमा पुगेको र आक्रमणकारी भागेको बताउनुभयो । महरालेनै चौधरीलाई सुख्खडको घोडाघोडी अस्पतालमा मोटरसाईकलमा राखेर पु¥याउनुभएको थियो ।

बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेको भन्दै मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनामा संलग्न भएको आशंकामा सिंखडबाट ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर चौधरी रमिते बनेको र दोषिलाई छुटाउन पहल गरेको भन्ने समाचार आएपछि चौधरी विवादित बनेका थिए । सेक्रेटरी ईन्चार्ज महानको हष्ताक्षरमा सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको माओवादीले विज्ञप्ती जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु