Saturday, 22 September 2018 04:32 pm, Nepal

राप्रपाद्वारा राष्ट्रपतिमा भण्डारीलाई समर्थन

मेचीकाली : 2018-03-13 13:11:51


काठमाडौँ, २९ फागुन :

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय हित तथा राष्ट्रिय एकताका लागि भण्डारीको पक्षमा पार्टीले मतदान गर्ने भनिएको छ ।

मुलुकको सामाजिक सद्भाव एवं प्रजातन्त्रको संरक्षण तथा संवद्र्धनमा राष्ट्रपतिबाट संयोजनकारी भूमिकाको पार्टीले अपेक्षा गरेको जनाइएको छ । उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन गरी चारजना सदस्य मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु