Thursday, 21 June 2018 08:11 am, Nepal

विद्युतीय धरापमा परी १८ अर्धसैनिकको मृत्यु

एजेन्सी : 2018-03-13 13:21:18


बगदाद, २९ फागुन :

इराकको किर्कुक प्रान्तमा पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी १८ जना अर्धसैन्य बलका अधिकारीको मृत्यु भएको छ । उक्त धराप इस्लामिक स्टेट (आईएस) ले थापेको जनाइएको छ । धरापमा परी मृत्यु हुनेहरू सबै जना हासद शाबीका अर्थसैन्य बलका लडाकू रहेका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका बेला सोमबार राति सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ । हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको बाहिनीका १८ जना अर्धसैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

धरापमा परी उक्त बलका आठवटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फ भएको कुनै क्षतिका बारेमा भने कुनै पनि जानकारी नआएको अधिकारीहरूले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु