Monday, 16 July 2018 12:29 pm, Nepal

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी पुरा

मेचीकाली : 2018-04-05 07:50:50


-पारवहन सुविधा कार्यान्वयनलाई एजेण्डा बनाइने
काठमाडौं, २२ चैत :

प्रधानमन्त्री केपी शर्मा ओलीको भोलीदेखि हुने राजकीय भारत भ्रमणको तयारी पुरा भएको छ । भारतको तीन दिने भ्रमणमा करिब ५० सदस्यीय जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली भोली नयाँ दिल्ली प्रस्थान गर्नेछन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयले ४२ जनाको नाम प्रस्ताव गरेको छ । यसका अलावा प्रधानमन्त्री कार्यालयबाट केही थप हुने देखिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव प्रधानमन्त्रीको भ्रमण टोलीमा छन् । त्यस्तै प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी, मुख्यसचिव लोकदर्शन रेग्मी भ्रमण टोलीमा सहभागी हुने छन् । त्यस्तै प्रधानमन्त्रीसँग विभिन्न दलका ९ सांसद पनि भारत जाने छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । प्रधानमन्त्री ओलीले पारवहन सुविधाको अधिकार प्रमुख एजेन्डा रहेको बताए ।

कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट प्राप्त गर्ने जलमार्गमा पहुँच र पारवहन अधिकार उल्लेख भए पनि अझै कार्यान्वयनमा नआएको भन्दै प्रधानमन्त्रीले आसन्न भ्रमणमा कार्यान्वयनका लागि प्रमुखताका साथ उठाउने बताए । कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट सामुद्रिक पहुँच जलमार्गसम्बन्धी अधिकार प्राप्त गर्ने उल्लेख भइसकेकाले प्रधानमन्त्रीज्यूले भ्रमणमा त्यो अधिकार कार्यान्वयनको विषय उठाउनु स्वागतयोग्य हुने बताइएको छ । प्रधानमन्त्री ओलीले दुई बर्षभित्र समुद्रमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने बताउँदै आएका छन् । आफ्नो उक्त योजनालाई मूर्त रूप दिन भ्रमणमा मुख्य एजेन्डा बनाउने ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु