Monday, 23 April 2018 09:47 am, Nepal

धामीझाक्री र गाउँका अगुवाका डरले महिलाहरु छाउगोठमा बस्न बाध्य

मेचीकाली : 2018-04-05 10:01:24


बझाङ, २२ चैत :

सुदुर पश्चिमका महिलाहरुले धामीझाक्री र गाउँका अगुवाको डरले छाउ गोठमा बस्नु परेको बताएका छन् । महिनावारी भएका बेला घरमै बस्ने मन हुँदाहुँदै पनि धामीझाक्रीले देउदा रिसाउँछन् भन्नाले आफूहरु गोठमा बस्न बाध्य भएको उनीहरुको गुनासो छ । प्रदेश नम्बर ६ र ७ का महिलाहरुले धेरै पटक छाउगोठ भत्काए, महिनावारी हँुदा छाउगोठमा नबस्ने घोषणा पनि गरे ।

तर, छाउपडि प्रथा अन्त्य गर्न महिलाहरुको चाहनाले मात्रै नपुग्ने उनीहरु बताउँछन् । बझाङ स्यालाखेतको एउटा बस्तिमा डल्ली धामी छाउगोठमा भेटिनुभयो  । सदरमुकाम चैनपुरभन्दा २ किलोमिटर मात्रै पर रहेको स्यालाखेतमा चिसो हावा चल्दै थियो । माघ अन्तिमतिर भेटिनु भएकी धामी हलुका बर्षाले ओसिलो पारेको छाउघरलाई आगो फुकेर न्यानो पार्दै हुनुहुन्थ्यो । स्यालाखेतका संझना धामीको ९ महिनाको छोरा छ । महिनावारी भएका हरेक समय उहाँ छाउगोठमा नै बस्नुुहुन्छ । उहाँले पनि कक्षा १२ पास गर्नुभएको छ, श्रीमानले पनि पढेलेखेकै छन् । बर्खा होस् कि हिउँद निसास्सिदो छाउघरमा बस्न मनै लाग्दैन । म घरै बस्छु नी भन्न नसक्दा नबसि पनि सुख छैन । अहिले छोरीहरु छाउघरमा बस्दिन भन्दै बिद्रोह गर्न थालेका छन् । तर धामी र पाका पुस्ताको भनाई खाने डरले घरमै सुत्न भने अझै सक्दैनन् । छाउघरमा बस्दा महिनाबारीको महत्वको बारेमा खुब छलफल हुन्छ, अब घरमै बस्ने भन्ने निर्णय सम्म हुन्छ ।

तर अर्को पटक छाउ हुँदा पोको पन्तुरो बोकेर लुरुलुरु छाउगोठमै पुग्नुपर्छ । अछामको बान्नीगढी जयगढका सपना शाहालाई पनि छाउ हुँदा गोठ जान मनै लाग्दैन । तर धामील भने अनुसार देवता रिसाउने डरले सपना घरमै बस्न पनि सक्नुहुन्न । सुदुरपश्चिममा बिरामी हुँदा समेत अस्पताल नगई धामीलाई देखाउने चलन छ । धामीलाई देउवताका प्रतिक मानिन्छ । धामी र सासु, ससुरा, बुवा–आमाले गाली गर्लान की भनेर चिन्ता भइरहन्छ । तर, मुगु, हुम्ला लगायतका कति जिल्लामा छाउ अथवा रजस्वला भएका बेला घरमा नै बस्नुपर्छ है भन्दै धामीहरुले नै अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु