Monday, 23 April 2018 09:44 am, Nepal

तेमाल गाउँपालिकाका जनप्रतिनिधिको गुनासो, 'काम गर्न नपाई प्रशासनले पत्र काट्छ'

मेचीकाली : 2018-04-06 11:20:10


काभ्रे, २३ चैत :

तेमाल गाँउपालिकाले स्थानीय सरकारको अनुभुति गराउन नसकेको स्विकार गर्दै तत्काल त्यसको अनुभुति दिलाउन सरकारले पहल गरिदिनु पर्ने बताएको छ । शान्ति सुरक्षाको कारण देखाउँदै गाउँमा बैक नआउने, अनि प्रहरी चौकी पनि नहुने ? कसरी हुन्छ सरकारको अनुभुति भन्दै गाउँपालिका अध्यक्ष सलामसिं तामाङले प्रश्न गरेका छन् ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको स्थानीय सरकार र संचार विषयक अन्र्तक्रिया कार्यक्रममा स्थानीय सरकारले भोग्दै आएको समस्या र चुनौतीका बारेमा बताउँदै अध्यक्ष तामाङले सिंहदरवारको अधिकार गाउँमा आएको भने पनि आफ्नै क्षेत्रमा भएको श्रोत समेत उपयोग गर्न नपाएको गुनासो गरे । वडा नम्वर ३ सरमथलीमा भएको बालुवा कम दर रेटमा भुकम्प पीडितहरुको घर निर्माण र विद्यालय भवन तथा सामाजिक क्षेत्रका लागि उपयोग गर्ने निर्णय गाउँपालिकाले गरेको तर स्थानीय प्रशासन पत्र काटेर बयानका लागि जिल्ला झिकाएको उनले बताए । विकास निर्माणका कार्यहरु समेत बैक नभएका कारण प्रभावित भएको अध्यक्ष तामाङले बताए ।

साविकको सातवटा गाविसबाट ९ वटा वडा रहेको तेमाल गाउँपालिकाको सबै भन्दा ठुलो समस्या खानेपानी रहेको उपाध्यक्ष दुर्गादेवी तामाङले बताईन् । वडाहरुमा खानेपानी प्रति लिटर २ रुपैया तिरेर पिउन परिरहेको अवस्थामा पशुपालन, कृषि ब्यवसाय समेत संकटमा परेकाले बस्ति नै विस्थापन हुने गरेको वडा अध्यक्ष एवं प्रवक्ता तिमाल सिं तामाङले बताए ।

प्रमुख प्रशासकिय अधिकृत शर्मिला लामिछानेले कर्मचारी अभाव, भौतिक पूर्वाधार नहुँदा नुहँदै पनि हिजोकै शैलीमा र कार्यानुभवले स्थानीय सरकार संचालन गरिरहे पनि जनप्रतिनिधि र कर्मचारी दुबैलाई क्षमता अभिबृद्धि गर्नु पर्ने बताईन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले स्थानीय सरकार बलियो बनाउन स्थानीय शुशासन, पारदर्शिता र जवाफदेहितालाई ध्यान दिदै स्थानीय सरकारले नागरिकहरुको गुनासो ब्यवस्थापनलाई ध्यान दिन आग्रह गरे । संचार नीति, सूचना अधिकारी, प्रवक्ता, प्रेस संयोजक, नागरिकसँग जनप्रतिनिधि, संस्थारमाध्यमहरुको संस्थागत विकासका लागि स्थानीय सरकारको पहिलो कर्तब्य भएको भन्दै अध्यक्ष तिमल्सिनाले जनताको सूचना पाउने हकलाई संरक्षण गर्दै संचारमाध्यम प्रर्वद्धन र विकासका लागि संस्थागत सहयोग आवश्यक रहेको बताए ।

 कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्य समिति सदस्यहरु, गाउँकार्यपालिकाका सदस्यहरु, विभिन्न विभागका प्रमुखहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघले जिल्लाका १३ वटै स्थानीय सरकारसँग अन्र्तक्रिया गर्ने कार्यक्रम अन्र्तगत तेमाल गाउँपालिकामा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । स्थानीय सरकारको समस्यासँग संचारमाध्यमहरुको भूमिकाका बारेमा अन्र्तक्रिया कार्यक्रममा छलफल भएको अध्यक्ष तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु