Tuesday, 18 September 2018 07:00 pm, Nepal

महोत्सव हेर्न जाने होइन त दोलालघाट ?

मेचीकाली : 2018-04-06 19:52:59


-सुरु भयो 'दोलालघाट महोत्सव-२'
काभ्रे, २३ चैत :

काभ्रेको भुम्लु गाउँपालिका वडा नम्वर १० दोलालघाटमा आजबाट दोलालघाट महोत्सव दुई सुरु भएको छ । ‘प्राकृतिक साँस्कृतिक कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार’ भन्ने मुल नाराका साथ दोलालघाट महोत्सव सुरु भएको हो । महोत्सवको सुचना तथा सन्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका छन् । महोत्सको उद्घाटन गर्दै राज्य मन्त्री वास्कोटाले सरकारको प्रमुख प्राथमिकता समृद्ध नेपाल निर्माण गर्नु रहेको बताए ।

सरकारले १७ वटा लक्ष्य र १६९ सहायक लक्ष्य राखेर काम गरिरहेको उनले बताए । राज्यमन्त्री वास्कोटाले विभिन्न सम्पदा, मौलिकताको संरक्षणमा महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । श्री दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवको आयोजनामा भएको महोत्सव वैशाख ४ गतेसम्म चल्ने छ । महोत्सवमा स्थानिय उत्पादन लगायतका ४६ वटा स्टल रहेका छन् । आजको उद्घाटन कार्यक्रममा पुर्व राज्यमन्त्री गोविन्दनाथ उप्रती,  प्रतिनिधिसभा क्षेत्र नम्वर १ का सांसद् गंगा बहादुर दोङ, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, आयोजक समितिका अध्यक्ष अष्टलाल श्रेष्ठ, संस्थापक अध्यक्ष सुरेश कक्षंपति लगायतले आफ्नो भनाई राखेका थिए ।

१२ दिनसम चल्ल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको मनोरन्जनात्मक प्रस्तुति सँगै र्याफ्टिङको मज्जा समेत  लिन सकिने छ । २८ लाख ८५ हजार खर्च गरी ३० लाख रुपैयाँ आम्दानी गर्ने योजना रहेको उक्त महोत्सवको मुख्य उदेश्य पर्यटन प्रवद्र्धनमा बृद्धि, कृषि, उद्योग÷ब्यापार प्रर्वद्धन, धार्मिक, सांस्कृतिक पहिचान पर्यटकीय स्थल घोषणा गर्ने रहेको छ । २०७२ सालको विनाशकारी भुकम्प पछि सिन्धुपाल्चोक र दोलालघाट क्षेत्रमा भएको क्षतिका कारण काभ्रेको दोलालघाटमा आन्तरिक र बाह्य पर्यटकहरुको आवात जावत कम हुँदै गएको थियो । दोलालघाट असुरक्षित छ भन्ने सन्देश गईरहेका बेला दोलालघाट भुकम्प पछि पुर्ननिर्माण सहित बसोबासका लागि उपयुक्त छ भन्ने सन्देश दिन पनि उक्त कार्यक्रमको आयोजना गरिएको स्थानीय समाजसेवी सुरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु