Friday, 25 May 2018 06:44 pm, Nepal

भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

एजेन्सी : 2018-04-08 17:36:08


नयाँदिल्ली, २५ चैत :

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ ।उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको समाचारमा जनाइएको छ ।

प्रहरीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न नदिएपछि उनीहरुले प्रधानमन्त्री निवास जाने बाटोमा नै प्रदर्शन गरेको दिल्ली प्रहरीले जनाएको छ । प्रधानमन्त्रीले आपूmहरुको माग पूरा नगरेमा प्रदर्शन, आन्दोलनलाई थप शसक्त र फराकिलो बनाउँदै लैजाने सांसद जयदेव गालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु