Monday, 16 July 2018 12:23 pm, Nepal

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

एजेन्सी : 2018-04-12 13:23:11


इस्तानबुल, २९ चैत :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ ।उहाँहरुबीच सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।

टर्किस् राष्ट्रपतिको कार्यालयले उक्त टेलिफोन वार्ता भएको जानकारी दिएको छ । उक्त जानकारीकाअनुसार सिरियामा जारी पछिल्लो प्रगतिका बारेमा उहाँहरुबीच फोनमा कुराकानी भएको बताइएको छ तर यसको पूर्ण जानकारी भने दिइएको छैन । उक्त कुराकानीको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै धम्की दिएको एक दिनपछि यो फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

उता टर्किस् प्रधानमन्त्री बिनाली यिल्दीरीमले पछिल्लो समयमा सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच वाकयुद्ध सुरु भएको भन्दै यस्तो द्वन्द्व रोकेर आवश्यक शान्तिपूर्ण कारबाहीका लागि आग्रह गर्नुभएको थियो ।

अमेरिका र टर्की नजिकका नेटो सैन्य सहयोगी गठबन्धनका सदस्य राष्ट्र हुन् । तर पछिल्ला केही समयमा भने यी राष्ट्रहरुबीच केही आन्तरिक मुद्दाका कारण असहमझदारी विकास हुदै गएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु