Monday, 16 July 2018 12:32 pm, Nepal

औद्योगिक मेलामा तीन करोडको कारोबार

मेचीकाली : 2018-04-14 16:27:26


भक्तपुर, १ वैशाख :

भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा तीन करोडभन्दा बढीको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेको र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा रु तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्री राखिएको छ ।

दैनिक दर्जनौँ राष्ट्रिय कलाकारको प्रस्तुतिका कारण पनि मेलाको रौनक बढेको महतले बताउनुभयो । मेलामा तराई क्षेत्रमा खेलिने प्रशिद्ध कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ भने राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

मेलाको सातौँ दिन बिहीबार शिव हमाल, दि मोशा ब्याण्ड, रोशन श्रेष्ठ, रीता केसी, सरिमा श्रेष्ठ, उदेश श्रेष्ठलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिए । मेलामा ज्योति मगर, प्रमोद खरेल, राधिका हमाल, बद्रि पंगेनी, गुल्मी गाइज, कमल खत्री, कोमल वली, बैकुण्ठ महत, कमल क्षेत्रीलगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुँडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । त्यसैगरी मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल पनि छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु