Tuesday, 18 September 2018 07:55 pm, Nepal

इलामको चुलाचुली गाउँपालिका भवनमा बम विस्फोट

मेचीकाली : 2018-04-15 10:04:49


इलाम, २ वैशाख :

इलामको चुलाचुली गाउँपालिकाको भवनमा अज्ञात समूहले बम विस्फोट गराएको छ । विस्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । हिजो राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विस्फोट भएको थियो ।

विस्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताउनुभयो । घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विस्फोट गराइएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु