Monday, 20 August 2018 08:03 pm, Nepal

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

मेचीकाली : 2018-04-22 12:55:20


काठमाडौँ, ९ वैशाख :

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् ।

प्रभागका प्रमुख प्रताप पौडेलले वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दुव्र्यसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजनाअनुसार गरिएको अपरेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु