Friday, 25 May 2018 06:48 pm, Nepal

काभ्रेमा तीन यातायात व्यवसायी पक्राउ

मेचीकाली : 2018-05-04 18:38:42


काभ्रे, २१ चैत :

अत्यावश्यक सेवा अन्र्तगतको बस सेवामा अवरोध गरे वापत काभ्रेमा तीन यातायात व्यवसायी पक्राउ छन् । सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले जनताले पाउनुपर्ने यातायात सेवामा अवरोध पुर्याएपछि गृहमन्त्री रामबहादुर थापाले यातायात सेवा अवरोध गर्ने व्यवसायी तथा समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । गृहमन्त्री थापाको निर्देशन लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेले काभ्रे मिनिबस सेवा समितिका उपाध्यक्ष शान्ताराम ताम्राकार, सदस्य नरेन्द्र हलुवाईलाई पक्राउ गरेको छ ।
यसैगरि प्रहरीले अत्यावश्यक सेवा अवरुद्ध गरेको आरोपमा हेलम्बु यातायात सेवा समितिका उपाध्यक्ष पुरुषोत्तम ताम्राकारलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको छ । पक्राउ परेका यातायात सेवा समितिका पदाधिकारीलाई राज्यको नीति अनुसार कारवाहि गरिने बताए । डिएस्पी मरासिनीले राज्यको नीति अनुसार उनीहरुलाई पक्राउ गरेको बताउँदै राज्यको नीति अनुसार नै कारवाहि गरिने बताए । सरकारले यातायात क्षेत्रलाई आवश्यक सेवामा राखी हड्ताल निषेध गरेकाले यातायात नचलाउने ब्यवसायीहरुलाई पक्राउ गरेको हो ।
आवश्यक सेवा ऐन २०१४ अनुसार नेपालमा यातायात क्षेत्रमा हड्ताल गर्न पाइदैन । उक्त ऐनको दफा ३ को उपदफा १ मा ‘सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हड्ताल निषेध गर्न सक्नेछ भनिएको छ । यस अनुसार सरकारले यातायात क्षेत्रमा हड्ताल निषेध गरी सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ । यसरी निषेध गरेको क्षेत्रमा हड्ताल गर्नेलाई ६ महिना कैद वा २ सय रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु