Friday, 25 May 2018 06:47 pm, Nepal

उत्तर कोरियाद्वारा टाइम जोन परिवर्तन, दक्षिण कोरियासँग समान बनाइयो

एजेन्सी : 2018-05-05 08:54:45


प्योङयाङ, २२ वैशाख :

उत्तर कोरियाले दक्षिण कोरियासँग मिल्ने गरी आफ्नो समय परिवर्तन गरेको छ । यसअघि उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा ढिला रहेको थियो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनले दक्षिण कोरियासँगको टाइम जोनसँग उत्तर कोरियाको टाइम जोन समान बनाइएको जनाएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको भ्रमण गर्दा टाइम जोन समान बनाउने, परमाणु परीक्षण स्थल बन्द गर्नेलगायतका सहमति गरेपछि समय परिवर्तन गरिएको बताईएको छ । गत अप्रिलको अन्त्यमा भएको कोरियाली शिखर वार्तापछि उत्तर कोरियाले आपसी सम्बन्ध थप मजबुत बनाउनका लागि आफ्नो घडीलाई ३० मिनेट छिटो गराएर दक्षिण कोरियासँग मिलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु