dashain
Saturday, 20 October 2018 10:41 pm, Nepal

चट्याङबाट तीन जनाको मृत्यु

मेचीकाली : 2018-05-07 08:32:58


हेटौँडा, २४ वैशाख  :

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटाँैडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिनुभयो ।

यसैगरी उक्त चट्याङपछि गम्भीर घाइते भएकी हेटाँैडा उपमहानगरपालिका–१६ चिसापानी बस्ने १५ वर्षीया सलिना श्रेष्ठलाई थप उपचारका लागि हेटौँडा अस्पतालबाट चितवनको मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु