Monday, 20 August 2018 08:04 pm, Nepal

पुनर्निर्माणको दयनीय अवस्था

मेचीकाली : 2018-05-08 08:55:55


–काभ्रेमा ८ प्रतिशतमात्रै घर निर्माण
काभ्रे, २५ वैशाख :

२०७२ सालको भुकम्पबाट क्षति भएका र पहिलो किस्ताको रकम लिएका मध्ये हालसम्म ८ प्रतिशत भुकम्प पिडितले मात्रै नीजि आवास पुनःनिर्माणको काम सकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई प्राविधिक कार्यालय काभ्रेका अनुसार भुकम्पबाट घर क्षति भई पहिलो किस्ता वापतको ५० हजार रुपैँया लिएकामध्ये हालसम्म ८ दशमलव २१ प्रतिशत भुकम्प पिडितले मात्रै घर निर्माण सम्पन्न गरेका हुन् ।

इकाईका अनुसार हालसम्म काभ्रेमा ५ हजार ४ सय ८२ भुकम्प पिडितले घर निर्माण सम्पन्न गरि तेस्रो किस्ता वापतको रकम लिएका छन् । ईकाइका अनुसार यो संख्या दोस्रो किस्ता रकम लिनेमध्ये  २२ प्रतिशत हुन्छ । इकाईका अनुसार हालसम्म ४ हजार ३ सय ६४ जनाले सरकारबाट उपलब्ध गराएको र १ हजार १ सय १८ जनाले गैह्र सरकारी संस्थाले उपलब्ध गराएको तेस्रो किस्ता वापतको रकम लिएका हुन् । हालसम्म घर निर्माण सम्पन्न भएको भन्दै ७ हजार २ सय ६१ भ्ुकम्प पिडितले तेस्रो किस्ताको लागि निवेदन दिएका छन् । भुकम्पबाट घर क्षति भई सरकारले उपलब्ध गराएको पहिलो किस्ता वापतको रकम लिएकामध्ये ३८ प्रतिशतले मात्रै दोस्रो किस्ता वापतको १ लाख ५० प्राप्त गरेका छन् ।

इकाइका अनुसार हालसम्म २५ हजार ३ सय ७० भुकम्प पिडितले मत्रै दोस्रो किस्ता वापतको रकम पाएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार शुक्रबारसम्म २६ हजार ७ सय ८४ भुकम्प पिडितले पहिलो किस्ताको रकमबाट घर निर्माणको काम सुरु गरि दोस्रो किस्ताको  लागि रकम माग गरेका छन् । इकाइका अनुसार हालसम्म जिल्लामा २३ हजार ३ सय ५३ भुकम्प पिडितले सरकार र २ हजार १७ भुकम्प पिडितले गैह्र सरकारी संस्थामार्फत दोस्रो किस्ताको रकम बुझेका हुन् । भुकम्पबाट घरमा सामान्य क्षति भई प्रवलिकरण(रेट्रोफिटिङ्ग) गर्नुपर्ने २ हजार ४ सय १५ लाभग्राहीमध्ये हालसम्म करिब २१ प्रतिशत अर्थात् ५ सय ७ जनासँग अनुदान सम्झौता भएको छ ।  भुकम्पपछि दर्ता भएका २३ हजार ९ सय ३९ वटा गुनासोमध्ये हालसम्म २३ हजार ४ सय ८६ वटा गुनासोको सम्बोधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु