Friday, 25 May 2018 06:50 pm, Nepal

पाँच नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट

मेचीकाली : 2018-05-14 08:43:57


बुटवल, ३१ वैशाख  :

पाँच नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरू हुने भएको छ । विभिन्न ८ विधेयक प्रस्तुत भएको पहिलो अधिवेशनबाट बाँकी रहेका तीनवटा विधेयक दोस्रो अधिवेशनले पारित गर्ने भएको छ । दोस्रो अधिवेशनले आर्थिक वर्ष ०७५/०७६ का लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम समेत    ल्याउनेछ ।

 संसदको पहिलो अधिवेशन २२ पटक बैठक बसेर वैशाख २५ गते सकिएको थियो । संसदको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने पहिलो बैठकमा ५ वटा विषयहरू प्रस्तुत हुने कार्यसूची छ । दिउँसो १ बजेका लाग बोलाइएको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेशसभाको आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर संसदमा सुनाउने कार्यसूची छ ।

प्रदेशसभा नियमावली ०७४ को नियम १ सय २१ को उपनियम २ बमोजिम विधेयक सरकारका मन्त्रीले प्रदेश नं. ५ प्रदेश अन्तर्गत स्थानिय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित विधायन समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफलका लागि बैठकमा प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिव  मानबहादुर विकेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु