Monday, 20 August 2018 08:03 pm, Nepal

नेकपा एमाले र माओवादी केन्द्रबीच असमझदारी बढ्दै

मेचीकाली : 2018-05-15 10:06:10


पार्टी एकता अन्योलमा
काठमाडौं, १ जेठ :

कार्यदलस्तरबाट प्राप्त सुझावका आधारमा पार्टी एकता गर्न दुवै दलका अध्यक्षलाई जिम्मेवारी दिइए पनि नेकपा एमाले र माओवादी केन्द्रबीच पछिल्लो समय छलफल नै हुन छोडेको छ । एमालेले एकलौटी रुपमा सरकार चलाउन खोजेको भन्दै माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमा असन्तुष्टि जनाउन थालेका छन् ।

हिजोको संसद् बैठकमा माओवादी केन्द्रका प्रवक्तासमेत रहनु भएका पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा भारतीय सुरक्षाकर्मी झन्डै तीन सयको सङ्ख्यामा परिचालन गरिनु उचित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । मोदीको भ्रमणका क्रममा भएका केही सहमतिमा पनि सत्ता साझेदार दल माओवादी असन्तुष्ट रहेको छ । माओवादी केन्द्रका नेता चक्रपाणि खनालले आफूहरु सरकारमा रहे पनि केही असमझदारी देखिएको भन्दै त्यसलाई हटाउनका लागि शीर्ष तहमा नै छलफल गर्नुपर्ने बताउनुभयो । एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति दुई दलबीच भएको थियो तर संसदमा एमाले र माओवादीका सांसदहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।

 हिजो संसद् बैठकमै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको घटनालाई लिएर गृहमन्त्री रामबहादुर थापाको आलोचना गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु