Tuesday, 23 October 2018 10:40 am, Nepal

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित

मेचीकाली : 2018-05-15 10:06:41


सुर्खेत, १ जेठ :

  कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको प्रतिवेदन तयार भएको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा त्यस क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ ।     

करीब पाँच महिनाको समयअवधिमा गरेको अनुसन्धान प्रतिवेदनमा अधिकांश जमिन भिरालोपन र भूकम्पका जोखिममा छन्, त्यस कारण त्यहाँका  नागरिक असुरक्षित महसुस गरिरहेको भनिएको छ । कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालीकोट जिल्लामा असुरक्षित बस्तीको अध्ययन गर्न आयोगले विज्ञ डा दीपेन्द्र रोकायको संयोजकत्वमा दीपकबहादुर बुढा सदस्य रहेको एक समूह गठन गरेको थियो । एकीकृत घनाबस्ती विकास कार्यक्रममार्फत राज्यले उपलब्ध गराएका सडक, विद्युत्, खानेपानी, ढल, शिक्षा, स्वास्थ्यजस्ता सेवा सहजै र समानरुपमा  एकै स्थानबाट उपलब्ध गराउन पनि प्रतिवेदनमा उल्लेख छ ।    

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु