Friday, 25 May 2018 06:41 pm, Nepal

भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय आज बन्द गरिने

मेचीकाली : 2018-05-15 10:08:18


भक्तपुर, १ जेठ :

भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय आज बन्द गरिने भएको छ । प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछानेको निधनमा शोक मनाउन कार्यालय बन्द गरिने भएको हो ।

जिल्ला समन्वय समिति भक्तपुर तथा सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको बैठकले जिसस र नगरपालिकाको आधा झण्डा झुकाउने एवं जिसस, नगरपालिका कार्यालय र वडा कार्यालय एक दिन बन्द गर्ने निर्णय गरेको चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु