Tuesday, 19 June 2018 12:48 am, Nepal

काभ्रेमा बढ्दै बलात्कारका घटना

मेचीकाली : 2018-05-15 10:09:21


काभ्रे, १ जेठ :

पछिल्ला केहि वर्षदेखि काभ्रेका जर्वजस्ती करणी अर्थात बलात्कारका घटना बढ्दै गएको छ । विगतका वर्षहरुको तुलना गर्ने हो भने यो वर्षपनि काभ्रेमा जर्वजस्ती करणीका घटना बढेको प्रहरीको तथ्याङकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्लामा १६ वर्षमुनिका बालिकामाथि जर्वजस्ती करणी हुने गरेको जनाएको छ ।

प्रहरीका अनुसार २०७४ साउनदेखि चैत मसान्तसम्म काभ्रेमा २० वटा जर्वजस्ती करणीका मुद्धा प्रहरीकोमा दर्ता भएको छ । नौ महिनामा भएका २० वटा जर्वजस्ती करणीमध्ये ९ वटा १६ वर्षमुनिका बालिकामाथि भएको छ । यसैगरि १६ देखि २५ वर्ष उमेर समुहका ७ जना, २५देखि ३५ वर्ष उमेर समुह र ३६ देखि ४५ वर्ष उमेर समूहका २÷२ जना बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेको यो आर्थिक वर्षको नौ महिनाको तथ्याङकले देखाएको छ ।

 प्रहरीका अनुसार साँझ ६ बजेदेखि रातको १२ बजेसम्म ७ जना, मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म ६ जना, बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म ५ जना र रातको १२ बजेदेखि बिहानको ६ बजेसम्म २ जना बलात्कृत हुन पुगेका छन् । प्रहरीको तथ्याङक अनुसार बालिका तथा महिलाहरु सबैभन्दा धेरै मंगलबार, बिहिबार र शनिवार बलात्कृत भएका छन् । बलाकृत हुनेमा धेरैजसो विद्यार्थी, कृषि पेशामा आवद्ध महिला र गृहणी रहेका छन् । प्रहरीका अनुसार पछिल्लो ९ महिनाको अवधिमा ६ जना विद्यार्थी, कृषि पेशा र गृहणी ५÷५ जना बलात्कृत भएका छन् भने बाँकी ४ जनाको पेशा खुलेको छैन । तथ्याङक अनुसार सबैभन्दा धेरै १६ देखि २५ वर्ष उमेर समुहका युवाहरु करणीमा संलग्न रहेको देखिन्छ । करणीमा संगल्न व्यक्तिहरुले बालिका तथा महिलाहरुलाई विभिन्न डर, धम्की, धाक, त्रासमा पारी करणी गरेको पाइएको छ । नौ महिनाको अवधिमा डर, धम्की, त्रास देखाई ९, ललाईफकाई, प्रेम, विवाहको वहाना बनाई ६ वटा र बलजफती गरि ४ र देखासिकी गरि एउटा करणी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु