Monday, 20 August 2018 08:02 pm, Nepal

वृद्धा बलात्कारमा आरोपित थुनामा

मेचीकाली : 2018-05-16 08:25:37


पर्वत, २ जेठ:

वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ । परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि प्रहरीले जबर्जस्ती करणीअन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गत वैशाख ६ गते दिउँसो ४ बजेको समयमा रक्सी सेवन गरेका परियारले घरमा कोही नभएको समयमा वृद्धालाई बलात्कार गरेपछि पीडितले आफन्तलाई जानकारी दिएकी थिइन् । बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफूले मदिराको नशामा रहेको समयमा बलात्कार गरेको प्रहरीसँग स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु