Friday, 25 May 2018 06:49 pm, Nepal

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने

मेचीकाली : 2018-05-16 08:43:46


काठमाडौं, २ जेठ :

  व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने विषयमा आज छलफल हुनेछ । दलहरुबीच विवाद हुँदा पेचिलो बनेको विधेयकमा मतदान गर्ने दलहरुको तयारी छ । एमाले र माओवादी एकै ठाउँमा उभिएका छन् । सत्तासिन माओवादी केन्द्र कांग्रेसको साथ छाडेर एमालेकै लाइनमा उभिएको छ ।

दुई सत्तारुढ दल एकै ठाउँमा उभिएपछि अब निलम्बनको पक्षमा बहुमत पुग्ने देखिएको छ । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र निलम्बनको पक्षमा रहेसँगै आजको प्रतिनिधिसभामा नियमावली पारित गर्ने तयारी भएको छ । आज नै छलफल गरेर नियमावली पारितको तयारी गरिएको छ ।

 यसअघि पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन नहुने तर सेवा सुविधा र पदीय हैसियत नपाउने गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो । एमाले माओवादीको सदनमा सहज बहुमत छ । प्रतिनिधिसभामा एमालेका १२१ र माओवादी केन्द्रको ५३ सदस्य छन् । दुई दलका १७४ सदस्य छन् । बहुमतबाट नियमावली पारितका लागि १३८ सदस्य आवश्यक पर्छन् । व्यवस्थापिका संसदको बैठक दिउँसो एक बजे बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु