dashain
Saturday, 20 October 2018 10:39 pm, Nepal

सरकारले तिव्र विकास चाहेको प्रधानमन्त्रीको भनाई

मेचीकाली : 2018-05-16 08:44:06


काठमाडौं, २ जेठ :

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तिव्र विकास गर्न चाहेको बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुको सर्वदलीय डेलिगेसनलाई मंगलबार बालुवटारमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभएको हो ।

‘विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विकाशका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुँदैन ।’तराइको ठुलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा थियो । सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ती सुव्यवस्था कायम गर्न लागिपरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशमा कृषिबाट मात्रै क्रान्ती सम्भव हुने भन्दै हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नुपर्ने बताउनुभयो । सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । यसैगरी शिक्षा तथा खेलकुद, महिला हिंसा अन्त्य, जनता आवास कार्यक्रम, अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसंग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु