dashain
Thursday, 18 October 2018 01:12 am, Nepal

शिक्षा कार्यालय काभ्रेमा चरम अनियमितता

मेचीकाली : 2018-05-18 12:56:09


काभ्रे, ४ जेठ :

जिल्ला शिक्षा कार्यालय काभ्रेमा चरम आर्थिक अनियमितता भएको महालेखा परिक्षकको कार्यालयले पुष्टि गरेको छ । शिक्षा कार्यालयमा प्राप्त विभिन्न कार्यक्रमहरुमा शिक्षा कार्यालयमा भएका अनियमितताका प्रमाणहरु लेखापरिक्षणका क्रममा भेटिएका छन् । आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्ममा शिक्षा कार्यालयको ८ करोड ५० लाख ६५ हजार २ सय ६१ बेरुजु पुगेको छ ।

सोहि वर्ष कार्यालयले जम्मा १ लाख ५१ हजार १ सय बेरुजू फछ्र्याैट गरेको छ । कार्यालयमा भएको बेरुजु रकम मध्ये असुल गर्नु पर्ने १ करोड ५२ लाख रहेको छ भने अनियमित भएको ४ करोड ६४ लाख ६१ हजार ७ सय ७९ रहेको पाइएको छ । खर्च भएको मध्ये प्रमाण कागजात पेश नभएको २ करोड ३३ लाख ६९ हजार ६ सय ५० रुपैया रहेको छ । कार्यालयमा प्राप्त विभिन्न कार्यक्रमहरु मध्ये अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रम कार्यान्वयन पुस्तिका अनुसार प्रमाणप छपाई तथा वितरणमा ८७ हजार ४ सय ३५ अनियमित खर्च भएको लेखापरिक्षणका क्रममा फेला परेको छ ।

 त्यस्तै सोहि कार्यक्रममा पाठ्यसामाग्री विववरण, ढुवानीको विल भरपाई विना ३३ वटा समुहका नाममा १० लाख ६० हजार भुक्तानी गरिएको छ । कार्यक्रममा स्विकृत बजेट भन्दा १२ हजार १ सय ५० धेरै खर्च गरी भुक्तानी गरी अनियमितता गरेको लेखापरिक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै साक्षरता दिवस कार्यक्रममा पनि ब्यापक अनियमितता भएको देखिएको छ । उक्त कार्यक्रमको बैठक नै नबसी बैठक भत्ता भुक्तानी गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बस्ने बैठक समेत नक्कली गरिएको छ । बैठक नबसी भुक्तानी गरिएको लेखा परिक्षणको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु